बैंक अफ काठमाण्डूको विशेष साधारणसभा सम्पन्न, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 11:40:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  को विशेष साधारण सभा सम्पन्न भएको छ । आज मंगलबार बैंकले विशेष साधारणसभा गरेको हो । 

विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु चयन गरेको छ ।  जस अनुसार गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्न तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश गर्न सभा आह्वान गरेको थियो । 

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved