राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 01:36:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकले चैत्र ४ गतेदेखि लागु हुने गरि ९ जना कार्यकारी निर्देशकहरुको सरुवा गर्नुको साथै २ जना निर्देशकलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । 

जस अनुसार बैंक सुपरिवेक्षण विभागमा रहेका मुकुन्दकुमार क्षेत्री बित्त ब्यबस्थापन विभागमा सरुवा भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागमा रहेका ऋषिकेश भट्ट सम्पति तथा सेवा ब्यबस्थापन विभागका सरुवा भएका छन् 

वित्त ब्यबस्थापन विभागका  प्रदिपराज पौड्याल विकास बैंक सुपरिवेक्षण विभागमा पुगेका छन् भने आर्थिक अनुसन्धान विभागका डा.गुणाकर भट्ट बैंक सुपरिवेक्षण विभागमा पुगेका छन् । बैंकिंग विभागका नरेश शाक्यलाई राष्ट्र ऋण ब्यबस्थापन विभागमा सरुवा गरिएको छ भने सम्पति तथा सेवा ब्यबस्थापन विभागमा रहेका सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ 

लघुवित्त सुपरिवेक्षण विभागमा रहेका डा.प्रकाश कुमार श्रेष्ठको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ । उनी हाल अर्थमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा अर्थ मन्त्रालयमा छन् 

त्यस्तै जनशक्ति ब्यबस्थापन विभागका रामु पौडेलको विदेशी विनिमय ब्यबस्थापन विभागमा सरुवा भएको छ भने संस्थागत तथा जोखिम ब्यबस्थापन विभागमा रहेका राम बहादुर मानन्धरको बैंकिंग विभागमा सरुवा भएको छ 

बम बहादुर मिश्र र निलम ढुङगाना डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकले २ जना निर्देशकलाई कायम मुकाय कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । कायम मुकाय कार्यकारी निर्देशकको जिम्मेवारी पाउनेमा दयाराम शर्मा पंगेनी र तुलसी प्रसाद घिमिरे रहेका छन् । पंगेनीले संस्थागत योजना तथा जोखिम ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् भने घिमिरेले जनशक्ति ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन् ।

यस अघि पंगेनी मुद्रा ब्यबस्थापन विभाग तथा घिमिरे जनशक्ति ब्यबस्थापन विभागमा निर्देशक थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved