राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यवसायिक कर्जाको प्रिमियम दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 05:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । चैत्र १ गतेबाट बैंकले सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको हो ।

नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । 

बैंकले निक्षेपमा दिने ब्याजदर पनि बढाएको छ । 

बैंकले २४७ वटा शाखा, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved