२१३ बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा सामेल, १६१ वटाको लाइसेन्स खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 05:57:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हालसम्म  २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ माघ मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका हुन् । 

यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन्। 

राष्ट्र बैंकका अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ माघमसान्तमा १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ माघ मसान्तमा १०,३६६ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved