चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्दै मेगा बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 09:17:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालयको लागि कम्तिमा साढे २ देखि ७ रोपनी क्षेत्रफलसम्मको जग्गा खरिद गर्न लागेको हो । 

बैंकले केन्द्रीय कार्यालयको भवन निर्माण गर्न जग्गा खोजेको र यदि कुनै जग्गा भवन सहितको छ भने उपयुक्त रहेमा भवन सहिको जग्गा खरिद गर्ने जनाएको छ । बैंकले काठमाडौँको चक्रपथ क्षेत्र भित्रको मूल सडक सँग जोडिएको प्रमुख व्यापारिक केन्द्रहरुको जग्गा खरिद गरिने उल्लेख गरेको छ । 

बैंकले पुतलीसडक, जमलदेखि महाराजगन्ज क्षेत्र, दरबारमार्ग, कमलादी, नक्साल, कमलपोखरी , ज्ञानेश्वर, विशालनगर, बत्तीसपुतली, माइतीघरदेखि नयाँ बानेश्वर खण्ड, बागबजार, त्रिपुरेश्वर र थापाथली क्षेत्रको जग्गालाई प्राथमिकता दिने उल्लेख गरेको छ 

बैंकले जग्गा बिक्रि गर्न इच्छुक व्यक्ति वा संघ संस्थालाई १५ दिन भित्र जग्गा वा भवन कतिमा बिक्रि गर्न चाहेको हो, सो सहित शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले जग्गामा कुनै पनि प्रकारको विवाद नभएको र सडक विस्तार आयोजनामा  नपरेको हुनु पर्ने जनाएको छ । सडक विस्तार आयोजनामा परेको भए सडक विस्तारको क्षेत्रफलको भाग कट्टा गरि बाँकि रहेको क्षेत्रफ़ल्को सुनिश्चितता पत्र पनि पेश गर्नु पर्न  बैंकले जनाएको छ 

बोलपत्र पेश गर्दा जग्गाधनीको नागरिकताको प्रतिलिपि, जग्गा संस्थाको भए संस्था दर्ताको प्रतिलिपि, संचालक समितिले जग्गा बिक्रि गर्ने भनि गरेको निर्णय, कर चुक्ता विवरण , तिरो तिरेको विवरण, जग्गाको ब्लु प्रिन्ट, जग्गाको ४ कुना देखिने गरि हालसालै खिचिएको फोटो , लगायतका कागजात पेश गर्नु पर्ने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved