नेपाल राष्ट्र बैंकको प्रवक्तामा देव ढकाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 10:58:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देव ढकाल नियुक्त भएका छन्। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशक ढकाललाई चैत १० देखि लागू हुनेगरि राष्ट्र बैंकको प्रवक्ता तोकिएको स्रोतले जनाएको छ। 

राष्ट्र बैंकको शक्तिशाली तथा आकर्षक बिभागको कार्यकारी निर्देशक समेत रहेका ढकाल २०७४ चैत १५ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन्। यसअघि उनले वित्त कम्पनी सुपरिवेक्षण र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेका छन्। ढकाल बरियताको सुचीमा तेस्रो नम्बरका कार्यकारी निर्देशक हुन्।

हालै मात्र अनुसन्धान बिभागबाट बैंक सुपरिवेक्षण बिभागमा सरुवा भएका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा थिए। उनले करिब १४ महिनासम्म राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा रहे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved