नेपाल बैंकले बिनाधितो ३ लाखसम्मको उद्यमशील कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 09:15:23 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ ।

चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ ।

तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए ।

नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए । युवालाई उद्यमशीलताका लागि बिनाब्याज रु तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved