संसद सचिवालयका कर्मचारीले वाणिज्य बैंकबाट १५ लाखसम्म ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 03:25:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले संघीय संसद सचिवालयका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने भएको छ । बैंक र संसद सचिवालयबीच भएको सम्झौता अनुसार सचिवालयका कर्मचारीले सचिवालयको सिफारिसमा अधिकतम १५ लाख रुपैंयासम्म कर्जा पाउने छन् । 

बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ अनुसार बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर तोकेर पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । 

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २४७ शाखा, २०५ एटिएम र ९८ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved