‘ग्लोबल मनी विक’मा सिभिल बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, कुन प्रदेशमा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 03:28:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले “ग्लोबल मनी विक” वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदै छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोल क्रमका अनुसार वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना 

गर्दैछ । 

चैत्र ९ गते प्रदेश नं १ मा  अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने बैंकले जनाएको छ । चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी गरिने कार्यक्रम छ । 

चैत्र ११ गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, चैत्र १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved