नेपाली बैंकको कार्ड प्रयोग गरेरै विदेशमा रकम तिर्न सकिने, विदेशमा कमाएको रकम पनि कार्ड मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 05:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बैंक कै कार्ड प्रयोग गरेर विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७६ लाई संशोधन गर्दै अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरिदको लागि वाणिज्य बैंक तथा विकास बैंकले विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने ब्यबस्था गरेको हो ।

यस कार्डमार्फत विदेशी मुद्राको भुक्तानी गर्न सकिने छ । तर राष्ट्र बैंकले यस माध्यमबाट वार्षिक ५ सय डलर बराबरको भुक्तानी मात्र गर्न सकिने उल्लेख गरेको छ । ग्राहकले एकै पटक वा वर्षमा पटक पटक गरि उक्त रकम प्रयोग गर्न सक्ने छन् । कार्ड एक्टिभेट भएको समयबाट उक्त गणना सुरु हुने छ । तर ग्राहकले एक भन्दा बढी बैंकबाट यस्तो कार्ड लिन पाउने छैन ।

जो कोहि व्यक्तिको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरि बैंकले यस्तो कार्ड जारि गर्न सक्ने छ । केवाईसी विवरण अध्यावधिक गराएका र प्यान कार्ड लिएका ग्राहकले यो सुविधा पाउने छन् ।

ग्राहकको अनुरोधमा उक्त कार्डमा ५ सय डलरसम्मको विदेशी मुद्रा जम्मा गर्न सकिने ब्यबस्था राष्ट्र बैंकले गरेको हो । उक्त कार्ड मार्फत नेपाली कानुनले प्रतिबन्ध लगाएका बाहेकका जुनसुकै वस्तु र सेवा खरिद गर्न सकिने छ । प्रयोगकर्ताले विदेशमा सेवा बिक्रि गर्ने गरेको भएमा त्यसबाट आर्जन भएको रकम समेत सोहि कार्डमा आउने ब्यबस्था गर्नु पर्ने छ । यस्तो कार्डबाट एटिएमबाट रकम झिक्न तथा पीओएस मेसिनमा प्रयोग गर्न नपाइने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

यहाँ क्लिक गरेर राष्ट्र बैंकको निर्देशन हेर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved