ठूलो खोला जलविद्युत आयोजनामा नेपाल बैंकको अगुवाईमा ४ बैंकको साढे २ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 06:55:17 PM मा प्रकाशित

laxmi  sunrise bank

निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । आयोजनामा नेपाल बैंकको अगुवाईमा  ४ वटा बैंक तथा बित्तिय संस्थाहरुले २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने भएका हुन् ।

३ अर्ब ६० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड भन्दा बढी लगानी गर्ने भएका हुन् । सम्झौतामा ऋणीका तर्फबाट संयुक्त उर्जा प्रा.लि.का अध्यक्ष डा. बद्री के.सी. तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका नि. नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेका छन् ।  आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार, राष्ट्रिय बाणिज्य बैंकद्वारा ६६ करोड, सिद्धार्थ बैंकद्वारा ६४ करोड तथा सनराईज बैंकद्वारा ४७ करोड गरी जम्मा  २ अर्ब ५२ करोड १२ लाख ५२ हजारको बित्तिय प्रबन्ध गरिएको हो ।

प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एन. आर. एन. समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रा.लि.ले विकाश गर्न लागेको उक्त जल बिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved