नबिल बैंकले ल्यायो डलर कार्ड, भारत बाहेकका जुनसुकै देशमा भुक्तानी गर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 07:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले अन्तराष्ट्रिय भुक्तानी गर्न मिल्ने 'नबिल आईकार्ड' सार्वजनिक गरेको छ। नेपाली बैंकहरुले नै अन्तर्राष्ट्रिय प्रिपेड कार्ड जारी गर्न सक्ने ब्यबस्था नेपाल राष्ट्र  बैंकले गरेपछि नबिलले US Dollar Nabil iCard संचालनमा ल्याएको हो 

बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलर ५०० बराबरको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।  भारत बाहेकका जुन सुकै देशमा यस्तो भुक्तानी गर्न सकिने बैंकले जनाएको हो । सो कार्ड लिनको लागि ग्राहकहरुको खाता संगै प्यान कार्ड पनि अनिवार्य हुनु पर्ने छ । बैंकका अनुसार ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।   

बैंकले ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved