ग्लोबल आइएमई बैंकको शाखा बिस्तार ७६औँ जिल्लामा, मार्तडीमा कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 07:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि मार्तडीमा शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ । 

बैंकले ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया,मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत,जोर्डन, हबकब लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । ‘

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved