बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्ग सेवा परिस्कृत, के के गर्न मिल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 05:07:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । परिस्कृत सेवाले हाल ग्राहकले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्ने बैंकले जनाएको छ। 

यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित ओम्नी च्यानल सेवा बैंकका खाता बहाक ग्राहक तथा बैंकमा खाता नभएकाले पनि उपयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

 हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्ने तर बोओकेको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

बैंकका अनुसार यस परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यम मार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विधुत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक महानुभावहरु आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहक महानुभावहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधीहरुसंग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस विर्सिएमा आफैले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटिएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदी सेवाको उपयोग गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved