विदेशी मुद्राको भुक्तानीको लागि सिद्धार्थ बैंकले सुरु गर्यो ईकम कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 01:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले विदेशी मुद्राको भुक्तानी गर्नको लागि ईकम कार्डको सुरुवात गरेको छ । बैंकले विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले चैत्र १३ गतेबाट सिद्धार्थ ईकम कार्डको सुरुवात गरेको हो । 

यस सुविधा सञ्चालन पश्चात् बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान केवाईसी विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर प्यान लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने छन्।

बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने बैंकले विश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved