दक्षिणकाली मन्दिर परिसरमा सनराइजको क्यूआर भूक्तानी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 03:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको शुभारम्भ गरेका हुन् । 

अब उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तानी गर्न सक्ने भएका छन् । सनराइज बैंकले मन्दिर परिसरमा फ्रि वाईफाई पनि जाडन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved