ग्लोबल आइएमईको डलर कार्ड, अनइलानबाटै विदेशी बस्तु किन्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 04:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएई बैंक Global IME Bank Limited ले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनबाटै विदेशबाट वस्तु तथा सेवा खरिदवापत भुक्तानी गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुसार ग्लोबल आइएमईले यस्तो डलर कार्ड जारी गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारतबाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ । 

ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।  

बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved