नबिलको ‘हिरोज अफ नेपाल’ बाट शेफ शन्तोष शाह सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 04:42:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले ‘हिरोज अफ नेपाल’ को दोस्रो संस्करणमा शेफ शन्तोष शाहलाई सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालीको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिलले सुरु गरेको हिरोज् अफ नेपालको दोस्रो संस्करणमा बीबीसी मास्टर शेफका उप विजेता शाहलाई बैंकले सम्मान गरेको हो । 

शेफ सन्तोष शाहले यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शन गरेका थिए । सोही कामको उच्च मूल्यांक गर्दै नबिलले उनलाई सम्मान गरेको हो । 

शेफ शाह, नबिलका सीईओ अनिल केशरी शाह र पूर्व मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलमा शेफ शाहले आफ्नो प्रेरणादायक उपलब्धिहरूको बारेमा बोलेका थिए । 

नबिलले शाहलाई सम्मान गर्दै उनको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved