होलीको सार्वजनिक विदामा पनि नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणाली सुचारु नै रहने भएको छ । राष्ट्र बैंकले पहाडी जिल्लाको होलीको हकमा चैत्र १५ गते र तराइ जिल्लाका होलीको हकमा चैत्र १६ गते पनि आरटिजिएस प्रणालीमा नर्मल बिजनेश डे लागु हुने जनाएको हो । यस संगै यो सेवा होलीका दिनमा पनि सेवा सुचारु रहने छ ।
आरटीजीएस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइएको राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । आरटीजीएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो ।