सिटिजन्स बैंक र तिनाउको एकीकृत कारोबार सुरु, पाइपलाइनमा सृजना फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2021 | 07:07:47 PM मा प्रकाशित

laxmi sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनल Citizens Bank International Limited  र तिनाउँ विकास बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकका संचालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु उपस्थित रहेको एक कार्यक्रममा बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबार सुरु गरे। 

सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन्। सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।  तिनाउँलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप १२७ अर्ब तथा कर्जा लगानी ११३ अर्ब रुपैयाँ पुग्नेछ। 

त्यस्तै बैंकको कुल १६६ शाखा हुनेछ भने ग्राहक संख्या झन्डै साढे ९ लाख पुगेको छ। यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनी प्रदेशमा उपस्थिति झन् दरिलो हुने कुरा बैंकको बिश्वास रहेको छ। 

मिति २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ । 

यसै गरि सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी  मिति २०७७ असार २० गते बाट एकीकृत कारोबार 

गरेको थियो भने “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मिति २०७७ माघ २८ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved