एनआईसी एशिया बैंकले ल्यायो प्रिपेड डलर कार्ड, डलर लोड गर्दा पैसा नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 01:46:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । 

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने छन्। कार्ड प्राप्त गर्नका लागि ग्राहकको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ ।

यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ । उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । 

बैंकले ३५२ शाखा , ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved