सिटिजन्स बैंकद्वारा डलर कार्ड सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2021 | 04:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले USD E-com कार्डको सुरुवात गरेको छ । राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । 

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । 

सिटिजन्स बैंकले हाल १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved