नेपाल औषधी व्यवसायी संघ, लुम्बिनीमा आवद्ध व्यवसायीहरुलाई प्रभु बैंक Prabhu Bank Limited ले क्यूआर कोड वितरण गरेको छ । संघ र बैंकबीच बैंकिङ साझेदारी गर्ने सम्झौता भएसँगै राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले औषधी व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरे ।
साझेदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका छन् ।