बैंकहरु कर्जा प्रवाहसँगै रिकभरीमा केन्द्रित, ७ दिनमै ४० अर्ब निक्षेप संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 10:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्षको तेश्रो त्रैमासको अन्त्यतर्फ आइपुग्दा बैंकहरुमा कर्जाको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ। गत बर्षहरुमा झैं यसपटक पनि बैंकहरु ऋण प्रवाह सँगै रिकभरी तर्फ केन्द्रित रहँदा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढेको हो। 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ४० अर्बले बढ्दा कर्जा लगानी ३९ अर्बले बढेको छ। यो तथ्यांकले पछिल्लो समय बैंकहरु कर्जा प्रवाहसंगै रिकभरी तर्फ केन्द्रित भएको देखाएको छ। 

चैत दोस्रो साता अर्थात १३ गतेसम्म बाणिज्य बैंकहरुले ३८ खर्ब ५० अर्ब निक्षेप संकलन गरि ३४ खर्ब ६२ अर्ब कर्जा लगानी गरेकोमा चैत २० गतेसम्म ३८ खर्ब ९० अर्ब निक्षेप संकलन गरि ३५ खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन्।

त्यस्तै एक साताको अन्तर अर्थात चैत १३ देखि २० गतेसम्म बैंकहरुले ४० अर्ब निक्षेप संकलन गरि ३९ अर्ब कर्जा लगानी गरेका छन्। 

तेस्रो त्रैमासको अन्तिम महिनाको दोस्रो सातासम्म पनि कर्जा प्रवाहमा ब्यस्त रहेका बैंकहरु अहिले नयाँ कर्जा प्रवाहसँगै रिकभरी तर्फ पनि आक्रामक बनेका छन्। कोरोनाको लकडाउन मथ्थर भएर आर्थिक गतिबिधि बढेसँगै बैंकहरुले कर्जा प्रवाहका लागि घर जग्गा तथा गाडी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन् भने पुराना कर्जाहरु उठाउनलाई ताकेता पनि जारि राखेका छन्। जसकारण कर्जा बिस्तारको तुलनामा निक्षेप पनि बढिरहेको देखिन्छ। 

सामान्यतया बैंकहरुले आर्थिक बर्षको  तेस्रो सातासम्म कर्जा प्रवाहमा आक्रामक हुने र अन्तिम त्रैमासमा रिकभरीमा पनि केन्द्रित रहने गर्दछन्। अन्तिम त्रैमासमा रिकभरी र निक्षेप संकलनमा केन्द्रित रहने बैंकहरु सामान्यतया आर्थिक बर्षको पहिलो त्रैमासदेखि नै नयाँ कर्जा प्रवाहमा आक्रामक हुने गर्दछन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved