सानिमा बैंकले ल्यायो अनलाईनबाटै केवाईसी अपडेट गर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 03:30:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । बैंकले बैंकको वेबसाइटमा लगइन गरी “Online KYC Update”  मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने ब्यबस्था गरेको हो ।

 बैंकमा उपस्थित नभई आफु अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक लाभान्वित हुने बैंकको विश्वास रहेको छ । यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहकले आफुलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ ।

बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved