सनराइज बैंकद्वारा निशुुल्क आँखा शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 07:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  विरगंज शाखा र लायन्स क्लब विरगंजले आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१,परसौनिमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ शनिवार शिविर आयोजना गरेको जनाएको छ । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई  १ लाख ८० हजार आर्थिक सहयोग गरेको हो ।

शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको बैंकले जनाएको छ।  समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने जानाएकोे छ । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेका थिए ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved