बैंक तथा वित्तीय शाखाको संख्या १० हजार ४३० पुग्यो, २९ सय १० नागरिकलाई एउटा शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 01:27:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाको एउटा शाखाले औसतमा २ हजार ९ सय १३ जना ग्राहकलाई सेवा प्रदान गर्ने गरेक पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा बाणिज्य बैंक, विकास बैंक , फाइनान्स र लघुवित्तको गरि कुल शाखा संख्या १० हजार ४ सय ३० पुगेको छ । औसतमा एक शाखाले २ हजार ९ सय १३ जनालाई सेवा प्रदान गर्ने गरेको पाईएको हो ।

लघुवित्तलाई समावेश नगर्दा भने एक शाखाले औसत ५ हजार १ सय जनालाई सेवा प्रवाह गर्ने गरेको देखिन्छ  । बाणिज्य बैंक, विकास बैंक र  फाइनान्सको गरि कुल ५ हजार ९ सय ५७ शाखा रहेका छन्  ।

नेपालमा वाणिज्य बैंक २७, विकास बैंक १९, वित्तीय संस्था २०, लघुवित्त ७६ र एक पूर्वाधार विकास बैंक रहेका छन् ।  जसअन्तर्गत प्रदेश १ मा वाणिज्य बैंक ७०७, विकास बैंक १७३, वित्तीय संस्था ४४ र लघुवित्त ७२८ रहेका छन् । त्यस्तै प्रदेश २ मा वाणिज्य बैंक ५३४, विकास बैंक ७८, वित्तीय संस्था ३४ र लघुवित्त ९२८ साथै बागमती प्रदेशमा १६४१ वाणिज्य बैंक, २९३ विकास बैंक, ९८ वित्तीय संस्था र ६४५ लघुवित्त रहेका छन् । गण्डकी प्रदेशमा वाणिज्य बैंक ५७२, विकास बैंक १८६, वित्तीय संस्था ३१ र लघुवित्त ५५१ छन् भने लुम्बिनी प्रदेशमा ६७२ वाणिज्य बैंक, २७७ विकास बैंक, ४ वित्तीय संस्था र १०३८ लघुवित्त रहेका छन् । सबै भन्दा कम कर्णली प्रदेशमा १९१ वाणिज्य बैंक, १७ विकास बैंक, ४  वित्तीय संस्था र १९४लघुवित्त रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंक ३१५, विकास बैंक ४५, वित्तीय संस्था ६ र लघुवित्त ३८९ रहेका छन् ।

हाल वाणिज्य बैंकका ४६३२, विकास बैंकका १०६९, वित्तीयका संस्थाका २५६ र लघुवित्तका ४४७३ शाखाहरू छन् । जसअन्तर्गत प्रदेश १ मा १६५२, प्रदेश २ मा १५७४, बागमती प्रदेशमा २६७७, गण्डकी प्रदेशमा १३४०, लुम्बिनी प्रदेशमा २०२६, कर्णली प्रदेशमा ४०६ र सुदूरपश्चिम प्रदेशमा ७५५ शाखा छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved