नयाँ वर्षमा सानिमा बैंकले ल्यायो छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 04:48:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले नयाँ वर्षको अवसरमा ग्राहकहरुको लागि नयाँ रहर, नयाँ अफर योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।  

योजनाअन्तर्गत बैंकको ग्राहकहरूले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १ हजार सम्मको छुट प्राप्त गर्न सक्ने भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु १५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।  

 उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरजराज श्रेष्ठ र दराज केयमुको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् । बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिनेछ ।

हाल बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुट पाउने छन् ।  योजना चैत्र २९ देखि  वैशाख ७ सम्म लागू हुने बैंकले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved