नेपाल टेलिभिजनले दैनिक १४ पटक वाणिज्य बैंकको बिज्ञापन बजाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 05:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टिभीसी (विज्ञापन) प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभीसी नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले दुबै संस्थाको विश्वास र इमेज बढेर जाने बताए।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved