नबिल बैंकको 'जेन-एन एकाउन्ट'मा १ लाख ग्राहक सहभागी, मेरो शेयर र डिम्याट निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 05:34:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले संचालनमा ल्याएको Nabil Gen- N Account नामको बैंक खातामा १ लाख ग्राहक समाहित भएका छन्। कोरोनाको असहज परिस्थितिका बावजुद पनि यस बचत खाता संचालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरुलाई समाहित भएको बैंकले जनाएको हो।  

यस खातामा एनटिसी तथा ऐनसेल प्रयोगकर्ताले २ जीबी डाटा पाउने र मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड सेवा रहेको बैंकले जनाएको छ।   देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय सापेक्ष सेवा दिने हेतुले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको बैंकले उल्लेख गरेको छ । बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्कीन बैंकले आग्रह गरेको छ । 

हाल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु सञ्चालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved