माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2021 | 07:22:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी क्युआर कोड संचालनमा ल्याएको छ  । आज शुक्रबार नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले उक्त सेवाको उद्घाटन गरेका हुन् ।

कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन्। कार्यक्रममा डेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद व्यक्त गरेका छन्  । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराएका छन् । 

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved