सिटिजन्स बैंक Citizens Bank International Limited र किङ्गस् लाउञ्ज बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरूले किङ्गस् लाउञ्जमा विशेष छुट पाउन सक्ने छन् ।
बैंकले कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ । साथै बैकले हालैमा USD E-Com कार्डको सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरुले आफ्नो खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५ सय अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । विदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्दा लोड गरिएको रकम भुक्तानी गर्न सक्नेछन् ।
बैंकले १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने सेवाहरुको थालनि गरेको छ ।