चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 12, 2021 | 07:11:48 PM मा प्रकाशित

laxmi bank

चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन महिनासम्ममा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो  । 

कुल ७५३ स्थानीय तहमध्ये २०७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भई सकेको छ । २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।  राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या हाल १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा हाल १०,४३० पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved