८ महिनामा ७७ हजारले लिए सहुलियत कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 07:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ फागुन मसान्तसम्ममा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । 

नेपाल राष्ट्र बैंकले २०७७ फागुन मसान्तसम्ममा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१२४ अर्ब २८ करोड कर्जा बक्यौता रहेको जनाएको हो । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३८ हजार ३ सय ५५ ऋणीलाई प्रवाह भएको रु.८८ अर्ब २९ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ३६ हजार ७ सय ६३ महिला उद्यमीलाई प्रवाह भएको रु. ३२ अर्ब ९५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७८ ऋणीको रु.३ अर्ब ५ करोड कर्जा बक्यौता रहेको छ । 

 सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७७ फागुन मसान्तमा रु.८८ अर्ब ८६ करोड लगानीमा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved