एनआईसीको नयाँ वर्ष अफर: डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट र नगद फिर्ता योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 06:06:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace  Stopgrab २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिदमा ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५ सय सम्म नगद रकम फिर्ता (Cash Back) प्राप्त गर्न सक्नेछन् । साथै बैंकले Daraz सँग सहकार्य गर्दै ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५ सय सम्म छुटको योजना समेत ल्याएको छ ।

यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

Kathmandu Marriott Hotel र Drishya Lounge मा New Year Eve दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी निःशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने बताएको छ  । 

हाल यस बैंकको ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्ग छन् ।


 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved