कार्यकाल बाँकी छँदै सिभिलका सीईओ गुरुङले दिए राजीनामा, अब विदेशी बैंकको सीईओ बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 10:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । कार्यकाल सकिन २ महिना भन्दा बढी अवधि बाँकी रहँदै गुरुङले बोर्डमा राजीनामा बुझाएका हुन् । 

सीईओ गुरुङले अप्रिल ३० अर्थात् बैशाख १७ गतेसम्म मात्रै बैंकका रहने गरी चैत १ गते नै राजीनामा बुझाएका हुन् । बोर्डमा राजीनामा बुझाएका सीईओ गुरुङलाई बैंक सञ्चालक समितिले भने थप एक कार्यकाल बैंकमा रहन अनुरोध गरेको छ ।

‘बैंकले अहिले राम्रो प्रगति गर्दै गएकाले थप एक कार्यकाल (४ वर्ष) यहीँ रहनुस् भनेर बोर्डले भनेको छ, तर उहाँ (सीईओ गोविन्द गुरुङ) कार्यकाल थप गर्ने मनस्थितमा देखिनुहुन्न’ स्रोतले भन्यो ।

गुरुले विदेशी बैंकमा राम्रो अवसर पाएकाले सिभिल छोड्न लागेको बताईएको छ । उनी निकट स्रोतले पनि गुरुङ विदेशी बैंकको सीईओमा नियुक्त भईसकेको र मे महिनाको सुरुबाट कार्यकाल सम्हाल्ने तयारी रहेकाले उनले सिभिल छोड्न लागेको बताएको छ ।

बैंक सञ्चालक समितिले भने हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृत बनाउने तयारी थालिसकेको बताईएको छ । सिभिलमा गुरुङको कार्यकाल साउन १२ गतेसम्म छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved