माछापुच्छ्रे बैंकले वागेश्वरी मन्दिरमा सुरू गर्यो क्यु.आर.कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 04:23:39 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले वागेश्वरी मन्दिरमा क्यु.आर.कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वैशाख ३ गते नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा क्यु.आर.कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा  बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको र यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । 

क्यु.आर. कोड सेवा अत्यन्त सरल र सुरक्षित रहनुका साथै सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ हुने उनकाे भनाइ  छ ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो ले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले सम्पूर्ण व्यवसायलाई डिजिटल प्रणालीमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले सेवा विस्तार गरिरहेको छ भने आगामी दिनमा पनि निरन्तरता दिदै जाने बैंकले जनाएकाे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved