जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 09:51:54 AM मा प्रकाशित

laxmi sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले काठमाडौँको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक की प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी सुरु गरेका हुन ।  

 निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरी नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । उनले भने ‘डिजिटल भुक्तानीको ब्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको छ ।’ 

बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई बैंकले प्राथमिकता दिइरहेको बताइन । उनले भनिन ‘क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शीताको कारण कसैलाई पनि असहज  हुदैन् ।’ सहुलितपूर्ण महिला उद्यमी कर्जा, कृषि कर्जा लगायतको माध्यमबाट नेपालमा उत्पादनको वातावरण सिर्जना गर्न बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता सिइओ खुञ्जेलीले जनाइन । 

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए ।

यसैगरी, विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारका अध्यक्ष छबिलाल ओझाले १ सय ५० जनालाई आफूहरुले रोजगारी सिर्जना गरिरहेको जानकारी दिँदै बैंकसँग जोडिन पाउँदा अत्यन्तै खुसी भएको बताए । 

कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका गु्रप चिफ अपरेटिङ अफिसर शिशिर पछाईं लगायतको पनि उपस्थिति थियो ।  

तरकारी बजारमा क्यूआरकोड सेवा शुभारम्भ भएपछि ब्यवसायी तथा ग्राहकहरु निकै हर्षित भएका छन् । यो व्यवस्थासँगै उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने साथै कारोबार गर्दा कुनैपनि शुल्क लाग्ने छैन । 

कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved