सिभिल बैंकका सीइओ गुरुङको राजिनामा स्वीकृत, पोखरेललाई कामुको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 10:32:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको राजीनामा स्वीकृत गरेको छ। बैशाख ५ गते बसेको संचालक समितिको बैठकले गुरुङको राजीनामा स्वीकृत गरेको हो। वैशाख १८ गतेबाट लागु हुने गरि उनको राजिनामा स्वीकृत भएको बैंकले जनाएको छ। 

त्यस्तै बैंकले अर्को निर्णय नभएसम्मको लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।  पोखरेललाई  वैशाख १८ गतेबाट लागु हुने गरि उक्त जिम्मेवारी दिईएको हो ।  

कार्यकाल सकिन २ महिना भन्दा बढी अवधि बाँकी रहँदै गुरुङले राजीनामा बुझाएका हुन्। विदेशी बैंकमा राम्रो अवसर पाएकाले सिभिल छोड्न लागेको बताईएको छ । उनी निकट स्रोतले पनि गुरुङ विदेशी बैंकको सीईओमा नियुक्त भईसकेको र मे महिनाको सुरुबाट कार्यकाल सम्हाल्ने तयारी रहेकाले उनले सिभिल छोड्न लागेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved