
प्रभु बैंक Prabhu Bank Limited को सञ्चालक समितिको अध्यक्षमा लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आजै बैंकको सञ्चालक समितिको २०९ औं बैठकको अध्यक्षता समेत गरेका छन् ।
बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका सिटौलालाई मिति २०७८÷०१÷०२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्षसँग नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव रहेको छ । उनले नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त गरी कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कार्य गरेका थियो ।
उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् ।