मर्जरलाई लिएर नबिल र गरिमाका सीईओको कडा टिप्पणी, भन्छन् 'कुन दिन ब्लड बैंक पनि जोडिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 03:47:34 PM मा प्रकाशित

laxmi bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मर्जरको बिषयलाई लिएर अनावश्यक टिकाटिप्पणी धेरै हुन थालेको बताएका छन्। एक अनौपचारिक कुराकानीमा नबिलका सीईओ शाहले नेपाल राष्ट्र बैंक र ब्लड बैंकलाई मात्र मर्जरको लागि जोड्न बाँकी रहेको व्यंगात्मक प्रतिकृया दिएका हुन्। 

संचालित कुनै पनि बैंक वित्तीय संस्था बाँकी नराखेको बताउदै सीईओ शाहले कुनै दिन नबिलको मर्जर तथा प्राप्तिको कुरा नेपाल राष्ट्र बैक तथा ब्लड बैंकसँग समेत  जोडेर टिप्पणी हुन सक्ने प्रतिकृया दिए। 

'मर्जरको बिषयलाई लिएर धेरै अनावश्यक टिप्पणी भईरहेका छन्', सीईओ शाहले भने, 'यस्तै हो भने कुनै दिन नेपाल राष्ट्र बैक र ब्लड बैंकसँग जोडेर नबिलको मर्जरको कुरा हुन् सक्नेछ। '

त्यस्तै पछिल्लो समय नबिलसँग प्राप्तिको कुरा जोडेर चर्चामा रहेको गरिमा विकास बैंकले पनि यो बिषय अनावश्यक भएको प्रतिकृया दिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले प्राप्तिको कुरालाई लिएर नबिलसँग कहिल्यै पनि कुनै औपचारिक अनौपचारिक कुराकानी नभएको बिजपाटीलाई बताएका छन्। 

'प्राप्तिको कुरालाई लिएर हाम्रो कसैसँग कुनै पनि औपचारिक कुराकानी भएको छैन, बजारमा भएका पछिल्लो टिकाटिप्पणीमा कुनै सत्यता छैन', सीईओ ढकालले भने, 'मर्जर ठट्टाको बिषय होइन, अरुको भन्न सक्दिन तर गरिमा विकास बैंक आफ्नो अस्तित्व सकिने गरि कसैसंग प्राप्ति वा मर्जरमा जाँदैन। '

पछिल्लो समय प्राप्ति तथा मर्जरको बिषयलाई लिएर नबिल बैंकसँग युनाइटेड फाइनान्स, गरिमा बिकास बैंक, नेपाल बंगलादेश बैंकको नाम जोडेर टिप्पणी हुन थालेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved