
नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको सुरुवात गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा सुरुवात गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
यस बैंकको ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम रहेको छ ।