जुलाई १ देखि चौथो संस्करणका कतारी रियाल नोट नचल्ने, तत्काल साट्न राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 10:10:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल नोटहरु वैशाख २७ गते भित्र साटी सक्न आग्रह गरेको छ ।

कतारको केन्द्रीय बैंकले निष्काशन गरेका हाल चलनचल्तीमा रहेका चौथो संस्करण (Fourth edition) का कतारी रियाल नोटहरु सन् २०२१ जुलाई १ तारिखबाट चलनचल्तीबाट हटाउने निर्णय गरेकोले राष्ट्र बैंकले सो मिति अगावै ति नोट सटहीको ब्यबस्था गरेको हो ।

यदि कोहि संग ति नोट भएमा २०७८ बैशाख २७ गते भित्रमा राष्ट्र बैंकको बैकिङ विभाग, प्रदेश कार्यालय, मणि चेन्जरबाट सटही गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

उक्त मितिपछि ति नोट चल्ने छैनन् । कतारको केन्द्रीय बैंकले हाल पाँचौ संस्करणको नोट चलनचल्तीमा ल्याएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved