कृषि तथा पशुपन्छी क्षेत्रको सहुलियत कर्जामा आकर्षण बढ्दो, ८ महिनामा ८८ अर्ब प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 03:58:39 PM मा प्रकाशित

laxmi bank

 कृषि तथा पशुपन्छीजन्य क्षेत्रको सहुलियत कर्जामा आकर्षण बढेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थाहरूले प्रदान गर्ने सहुलियतपूर्ण कर्जामा कृषि तथा पशुपन्छीजन्य क्षेत्रको आकर्षण बढेको हो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न हाल सम्म ८८ अर्ब २९ करोड २३ लाख  बिना धितो कर्जा प्रवाह भएको उल्लेख छ । जस मध्ये १ अर्ब ६० करोड बिना धितो प्रवाह भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा यो रकम बराबरको सहुलियत कर्जा प्रवाह भएको राष्ट्र बैंकले  जनाएको हो । 


यस अवधिमा शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गर्न ६ करोड १६ लाख, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन  ५१ करोड ३७ लाख, महिलामा उद्यमशील क्षमताको विकास गर्न ३२ अर्ब ९५ करोड ११ लाख, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न ४५ करोड ६ लाख, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि ३ करोड ३३ लाख, भुकम्प पीडितहरुको निजी आवास निर्माण का लागि ५ करोड ५ लाख , परम्परागत घरेलु उद्योग सञ्चालन गर्न १ अर्ब ९२ करोड ५६ लाख र सीप एवम् स्वरोजगारमूलक व्यवसायहरू सञ्चालन गर्न  ६० लाख र युवा स्वरोजगार कर्जा ८० लाख कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । 

माथिको तथ्याङ्कअनुसार हाल सम्म कृषि तथा पशुपन्छीजन्य क्षेत्र पछि  सबै धन्दा धेरे सहुलियत कर्जा  महिला उद्यमशील क्षमता विकासको क्षेत्रमा प्रवाह भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved