
प्रभु बैंक Prabhu Bank Limited ले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्धघाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका हुन् ।
कार्यक्रममा सचेतक पाण्डेले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले भने ‘प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।’