सनराइज बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 05:54:53 PM मा प्रकाशित

laxmi bank

सनराइज बैंक Sunrise Bank Limited ले शाखा रहित दुई बैंकिङ्ग सेवा सुरु गरेको छ ।  ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । 

कार्यक्रम खड्क न.पा वडा नं.–११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठ र महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव इश्वरा पाण्डेको आतिथ्यतामा सम्पन्न भएको थियो । 

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरूले ए.टि.एम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । 

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved