काठमाडौँ मलमा नेपाल बैंकको एटिएम र क्यु आर कोड सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 07:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  र काठमाडौँ मल (दिवा सपना जेभी) क्युआर कोड र एटिएम प्रयोग गर्ने सम्बन्धि सम्झौता भएको छ  । सम्झौतामा  बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौँ मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमूख व्यवस्थापक  विष्णुहरु ढकालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नेपाल बैंकले मलका स्टलहरुमा भुक्तानीको लागि नेपाल बैंकको क्यु आर कोड प्रविधि जडान गर्ने छ भने मलको परिसरमा बैंकको एटिएम समेत जडान गर्ने छ  । साथै बैंकले मलका व्यावसायिहरुलाई सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने छ ।

बैंकले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved