
नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउटलेट संचालनमा ल्याएको छ। आजदेखि संचालनमा आएको उक्त आउटलेटको बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देले उद्घाटन गरे।
उक्त समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार श्री छापी राज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।