
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले सम्पति विवरण सार्वजनिक गरेकि छिन् । उनले आर्थिक वर्ष २०७७–०७८ चैतको २२ गते सम्मको आफ्नो सम्पती विवरण सार्वजनिक गरेकि हुन् ।
उनले सार्वजनिक गरेको सम्पती विवरणमा उनीसंग १४ वटा बैंक र ४ ओटा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिएको छ । यी दुवै गरी १८ वटै बैंक तथा वित्तीय संस्थामा उनको साधारण सेयर रहेको छ । १८ वटा संस्थामा गरी जम्मा ११ हजार १७० कित्ता सेयर रहेको छ ।
सेयर अधिकांश वाणिज्य बैंक, जलविद्युत कम्पनी, फाइनान्स कम्पनीको रहेको छ । प्रकाशित सम्पत्ति विवरणमा उल्लेख भए अनुसार न्यूनतम २० कित्ता देखि अधिकतम २३२० कित्तासम्म रहेको छ । उनले सार्वजनिक गरेको विवरण अनुसार सबै सेयर नीलम तिम्सीना, बिष्णु तिम्सीना र अर्थव तिम्सीनाका नाममा रहेको छ ।
सबैभन्दा बढी नीलम, बिष्णु र अर्थव तिम्सीनाको नाममा कृषि विकास बैंकमा साधारण सेयर २३२० कित्ता रहेको छ भने सबैभन्दा कम अर्थव तिम्सीनाको नाममा क्रिष्टल फाइनान्समा २० कित्ता सेयर रहेको छ । यस्तै एनआईसी एशिया बैंकको साधारण र हकप्रद २४६ कित्ता, सनराइज बैंकको साधारण र हकप्रद गरी १६५२ कित्ता, सिटिजन्स बैंकको साधारण र हकप्रद सेयर ६३८, एभरेष्ट बैंकको प्रिफरेन्स र साधारण सेयर २०÷३२८ कित्ता सेयर रहेको उल्लेख छ ।
दोस्रो बजारबाट किनीएको सेयरमा स्ट्याण्डर्ड चाटर्ड बैंकको बोनस सहित १६०४ कित्ता, कुमारी बैंकको बोनस सहित ९९५ कित्ता र एनएमबी बैंकको हकप्रदसहित ४२१ कित्ता सेयर रहेको छ ।
साधारण सेयर अन्तर्गत अरुण भ्याली हाईड्रोपावरको ९९ कित्ता, लक्ष्मी बैंकको १३९५ कित्ता, बैंक अफ काठमाण्डूको १४९ कित्ता, देव विकास बैंकको ५५ कित्ता, क्रिस्टल फाइनान्सको २० कित्ता, ग्लोबल आईएमई बैंकको १०२ कित्ता, ज्योती विकास बैंकको ४५० कित्ता, जलविद्युत लगानी कोषको ३६२ कित्ता, अरुण कावेली पावरको १३९ कित्ता, कृषि विकास बैंकको २३२० कित्ता र प्रभु बैंकको १९५ कित्ता साधारण सेयर रहेको छ ।
उनले यी सबै सेयर पारिश्रमिक, बोनस तथा ऋण लिएर किनेको उल्लेख गरेकी छिन्। वित्तिय विवरण अनुसार एक–एक मोटरसाइकल र कार, ४५ तोला सुनका गहना र ५० तोला चाँदी रहेको छ । उनको काठमाडाँैको टाखामा ३ तले पक्कि घर रहेको छ भने विभिन्न बैंकको मुद्दती खातामा रकम बचत रहेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गर्भनर तथा डेपुटी गर्भनरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले एक महिना भित्र आफनोे एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने ब्यबस्था छ ।