डेपुटी गभर्नर मिश्रको १५ कम्पनीमा सेयर, कुन मा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 12:28:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बम बहादुर मिश्रले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले आर्थिक वर्ष २०७७–०७८ चैतको दोस्रो साता आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १५ वटा बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिएको छ । १५ वटा संस्थामा ६ हजार ७७० कित्ता सेयर रहेको छ ।

उनको सेयर अधिकांश वाणिज्य बैंक, जलविद्युत कम्पनी, फाइनान्स कम्पनीको रहेको छ । प्रकाशित सम्पत्ति विवरणमा उल्लेख भए अनुसार न्यूनतम २१ कित्ता देखि अधिकतम ८२३ कित्तासम्म रहेको छ । उनको सार्वजनिक विवरण अनुसार बम बहादुरका साथै सीता देवी कुँवर, निहारिका मिश्र र बन्सिका मिश्रको नाममा सेयर रहेको छ ।

विवरणमा उल्लेख भए अनुसार सीता देवी कुँवर र निहारिका मिश्रको नाममा स्टयान्डर्ड चार्टर्ड बैंकको २१–२१ कित्ता सेयर रहेको छ भने सबैभन्दा बढी सीता देवी कुँवर नाममा मेगा बैंकमा साधारण सेयर ८२३ कित्ता सेयर रहेको छ । यस्तै ग्लोबल आईएमई बैंकको साधारण र हकप्रद ४६२ कित्ता, मेगा बैंकको सेयर १६४५, सेञ्चुरी बैंकको साधारण र हकप्रद गरी १३११ कित्ता, प्राइम कमर्सियल बैंकको सेयर २४५, नेपाल ईन्भेष्टमेण्ट बैंकको साधारण र एफपिओ गरी सेयर ४८२, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको साधारण सेयर ९१ कित्ता सेयर रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर ३१५, नेपाल पूर्वाधार विकास बैंकको सेयर २०० कित्ता रहेको छ । 

यस्तै मेरो माइक्रो फाइनान्सवित्तीय संस्थाको सेयर ६५, फरर्वाड कम्युनिटी माइक्रो फाइनान्सको सेयर १९२, रिडी हाइड्रो पावरको सेयर ६७, जलविद्युत लगानी तथा विकासको सेयर ४७७, अरुण काबेली पावरको सेयर ३९३ कित्ता रहेको छ । साथै नेपाल लाइफ इन्सुरेन्सको सेयर २०८, आरएसडिसी लघुवित्तको सेयर २८५ कित्ता रहेको छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा  गर्भनर तथा डेपुटी गर्भनरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले एक महिना भित्र आफनोे एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने ब्यबस्था छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved